समाचारसोमबार, बैशाख २०, २०७३

सात कोरियाली डाक्टर ललितपुरबाट पक्राउ

हिमालखबर

fake-doctorस्वास्थ्य शिविर सञ्चालन गरी म्याद नाघेका औषधि बाँडेको आरोपमा प्रहरीले सात जना डाक्टरलाई पक्राउ गरेको छ ।

काठमाण्डौको फर्पिङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका सातजना दक्षिण कोरियाली डाक्टरहरु नख्खुबाट पक्राउ परेका हुन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले ६ कार्टुन औषधि सहित कोरियाली डाक्टर पक्राउ परेको बताए ।

अधिकारीले भने, “६ कार्टुन औषधि मध्ये अधिकांश म्याद गुज्रेको पाइएको छ ।”

उनले बरामद गरिएका सबै औषधि कोरियाबाट ल्याइएको बताए । पक्राउ परेका डाक्टरहरु पर्यटक भिसामा नेपाल आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरुलाई थप अनुसन्धानका लागि औषधि व्यवस्था विभागमा जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

पर्यटक भिसामा नेपाल आउने जो कोही विदेशीले बिरामी जाँच्न कानूनले बन्देज लगाएको छ । नेपालमा विरामी जाँच्न नेपाल मेडिकल काउन्सिलको समेत अनुमति अनिवार्य हुन्छ ।
रामु सापकोटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>