समाचारमंगलबार, बैशाख २१, २०७३

पुन:निर्माण प्राधिकरण: ६ कार्यालयमा प्रमुख नियुक्त

हिमालखबर

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ६ वटा उपक्षेत्रीय कार्यालयमा सहसचिवहरुलाई कार्यालय प्रमुखका रुपमा पदस्थापन गरेको छ ।

सहसचिव खोमराज कोइरालालाई काठमाडौँ, रमेशकुमार केसी ललितपुर, सुमन दाहाल काभ्रेपलाञ्चोक, नारायणप्रसाद सापकोटा नुवाकोट, शिवराम न्यौपाने दोलखा र जितेन्द्र बस्नेतलाई गोरखामा पदस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

काठमाडौँ उपक्षेत्रीय कार्यालयले काठमाडौँ र भक्तपुर, ललितपुर उपक्षेत्रीय कार्यालयले ललितपुर र मकवानपुर, काभ्रेपलाञ्चोक उपक्षेत्रीय कार्यालयले काभ्रेपलाञ्चोक र सिन्धुली, नुवाकोट उपक्षेत्रीय कार्यालयले नुवाकोट र रसुवा, गोरखा उपक्षेत्रीय कार्यालयले गोरखा र धादिङ तथा दोलखा उपक्षेत्रीय कार्यालयले दोलखा, रामेछाप र ओखलढुङ्गामा पुनःनिर्माणको समन्वय र अनुगमन गर्नेछन् ।

यसअघि नै सिन्धुपाल्चोक विशेष सम्पर्क कार्यालयको कार्यालय प्रमुखमा सहसचिव पदम अर्याललाई पदस्थापन गरिएको थियो ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई कार्यक्रम खर्च, भवन निर्माण लगायत क्रियाकलाप सञ्चालन गर्न रु तीन करोड ५९ लाख ८९ हजार अख्तियारी प्रदान गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>