थप समाचारमंगलबार, बैशाख २१, २०७३

घुम्ती फोटो काठमाडौं धरानमा

हिमालखबर

फोटो काठमाडौं महोत्सवको घुम्ती संस्करण १९ वैशाखदेखि धरानमा शुरु भएको छ ।

photo1चारदिनसम्म चल्ने यो महोत्सवका क्रममा धरान उपमहानगरपालिका कार्यालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा सात वटा फोटो प्रदर्शनी र आधारभूत फोटोग्राफी तालिम सञ्चालन भइरहेको छ ।

फोटो सर्कलको आयोजनामा भइरहेको महोत्सवको घुम्ती संस्करण पोखरा, बिरगंज र गोरखामा भइसकेको छ । धरानबाट महोत्सवको समापन गरिने छ ।
“फोटो र फोटोग्राफीप्रति सचेत शहर धरानमा महोत्सव गर्न पाउँदा हामी हर्षित भएका छौं”, फोटो.सर्कलका संस्थापक भूषण शिल्पकारले भने ।

प्रदर्शनीमा फोटो पत्रकार विकास रौनियारको सन् १९९० को दशकका फोटो, नेपालका अन्तिम फिरन्ते राउटेबारे किशोर शर्माको अभिलेखात्मक फोटो शृंखला, विवादित भूभाग सुस्ताका जनताबारे प्रसित स्थापितको फोटो शृंखला छन् ।

photo2त्यसैगरी सुरेन्द्र लावतीको पिताप्रति समर्पित श्रद्धासुमन फोटो शृंखला, नेपालको फोटो स्टुडियोको इतिहास र फिनिश फोटोग्राफर टुओमो मन्निनेन्ले सन् १९९० को दशकमा खिचेका नेपाली व्यवसायीहरूको सामुहिक फोटोहरूको रोचक शृंखलासामेल छन् ।

यसबाहेक २१ गते बेलुकी भानु चोक र २२ गते घोपामा स्लाइड–शो मार्फत नेपाली फोटोग्राफरहरुको फोटोकथा पनि प्रस्तुत आयोजनकले जनाएको छ ।

सिकेयु डेनिश संस्कृतिक तथा विकास केन्द्रको सहयोगमा गरिएको प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

नेपालको प्रथम अन्तर्राष्ट्रिय फोटो महोत्सव फोटो काठमाडौँ गतवर्ष कार्तिकमा ललितपुरको पाटनमा आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>