थप समाचारमंगलबार, बैशाख २१, २०७३

डढेलोले जनावर तथा पंछी संकटमा

हिमालखबर

बाँके निकुञ्जमा लागेको आगो निभाउँदै नेपाली सेना ।

बाँके निकुञ्जमा लागेको आगो निभाउँदै नेपाली सेना ।

बाँके राष्ट्रिय निकुञ्जको करिब ४० प्रतिशत वनक्षेत्रमा डढेलोले लागेको छ । १३ चैतमा भगवती सामुदायिक वन ओभरीबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन ।

लामो खडेरीका कारण लागेको डढेलोले वन्यजन्तु तथा पंछी संकटमा परेका छन् । खरायो, रतुवा, दुम्सी लगायत साना वन्यजन्तु र झाडीमा गुँड बनाउने चराहरुलाई डढेलोले प्रत्यक्ष असर गरेको छ ।

वासस्थानमा डढेलो लागेपछि चराहरु चिसो र अग्लो ठाउँतिर बसाई सरेका छन् ।

डढेलोबाट बनका किराहरु नष्ट हुँदा किरा खाने चराको आहारा समेत सखाप भएको छ ।

यसै पनि पानीको स्रोत निकै कम भएको बाँके निकुञ्जमा यसपटकको खडेरी र डढेलोका कारण भएका स्रोत पनि सुकेका छन् ।

निकुञ्जभित्रका पोखरी सुकेपछि निकुञ्ज प्रशासनले १० ठाउँमा पानी पोखरी निर्माण गरे पनि त्यो पर्याप्त छैन ।

बाघ र पंछी गणनामा असर
पाटेबाघको संरक्षण गर्ने उद्देश्यका साथ स्थापना भएको बाँके निकुञ्जमा जारी बाघ र पंछीको गणना कार्य पनि डढेलोले प्रभावित भएको छ ।

बाघ गणनाका लागि राखिएका केही स्वचालित क्यामरा डढेलोले जलेका छन् ।

वनमा लागेको आगोले धेरै चराहरुले बसाइँ सर्दा समेत सर्वेक्षणमा समस्या आएको छ । निकुञ्जको ठूलो क्षेत्रमा डढेलो लागेकाले जैविक विविधतामा प्रत्यक्ष असर परेको निकुञ्जको भनाई छ ।

डढेलो नियन्त्रणका लागि खटिएको नेपाली सेनासँग आगो निभाउने ‘वाटर जेट गन’ पर्याप्त छैन ।

आगो निभाउन गएका केही सेनाको हात, मुख, पाखुरा र खुट्टा जलेको प्रमुख सेनानी जयन्द्र केसीले बताए ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>