समाचारमंगलबार, बैशाख २१, २०७३

सरकारलाई एमाओवादीको धम्की

हिमालखबर

maobadiसत्तारुढ दल एमाओवादीले सरकारको नेतृत्व गरेको एमालेले शान्ति प्रक्रियाका बाँकी मुद्दाहरुलाई तुरुन्तै सम्बोधन नगरे आफू सरकारबाट बाहिरिने धम्की दिएको छ ।

२१ वैशाखमा सिंहदरबारमा बसेको एमाओवादी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सरकारले शान्ति प्रक्रियाका मुद्दाहरुको सम्बोधनको लागि पूर्वप्रतिवद्धता अनुसार काम नगरेको बताए ।

१० वर्षे सशस्त्र युद्धसँग सम्बन्धित सबै मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै मिलाउनु पर्ने भन्दै एमाओवादीले त्यसबारे अदालतमा सुनुवाई नगर्न माग गर्दै आएको छ ।

बैठकबारे जानकारी दिंदै एमाओवादी मुख्य सचेतक हितराज पाण्डेले संविधानको कार्यान्वयन, पुनःनिर्माण, मधेशका मुद्दा तथा विकास निर्माणका कामहरुमा सरकारले अपेक्षित काम गर्न नसकेको भन्दै संसदमा यसबारे कुरा उठाइने बताए ।

“शान्ति प्रक्रियाबारे सरकारको काम कार्वाही गम्भीर देखिएन, यसबारे आजै एमालेसँग संस्थागत छलफल हुन्छ,” अध्यक्ष दाहाललाई उद्धृत गर्दै पाण्डेण्ले भने, “एक महीनाअघि नै लिखित जानकारी गराएका थियौं, अझै अटेर गरिरहे विकल्प खोजिन्छ ।”
कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>