थप समाचारमंगलबार, बैशाख २१, २०७३

क्यानडेली नागरिक पेनरको प्रवेशाज्ञा खारेज

हिमालखबर

robert_pennerगृहमन्त्रालयले नेपालमा कार्यरत क्यानडेली नागरिक रोबर्ट पेनरको प्रवेशाज्ञा (भिषा) खारेज गरेको छ ।

पेनरलाई अध्यागमन विभागको अनुरोधमा हिजो २० वैशाखमा ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो । क्यानडेली नागरिक पेनरले नेपाल बसाइका लागि लिएको कामदार प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता यादव कोइरालाले जानकारी दिए ।

“प्रवेशाज्ञा खारेज भएपछि टिकट पाए आजै उनी स्वदेश फर्किनुपर्छ नपाए दुई दिनभित्र उनी फर्किनैपर्ने व्यवस्था छ, ” कोइरालाले भने ।

नेपालको राजनीतिमा रुची राख्ने पेनरले मधेश आन्दोलन, सरकारका काम कार्वाहीदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीका विषयमा समेत सामाजिक सञ्जालमा टिप्पणी गर्दै आएका थिए ।

हङ्कङमा मुख्यालय रहेको सफ्टवेयर निर्माण कम्पनी क्लाउड फ्याक्टरीको सब्सिडियरी स्प्रोउट टेक्नोलजीमा काम गर्ने पेनर इन्जिनियर हुन् ।

पेनर आफ्नो कम्पनीमा काम गर्ने इन्जिनियर रहेको तर उनले सार्वजनिक गरेका विचारहरु उनका निजी भएको र त्यसप्रति आफ्नो र संस्थाको जिम्मेवारी नरहने क्लाउड फ्याक्ट्रीका प्रमुख कार्यकारी अधिकृत मार्क सियर्सले बताएका छन् ।

अध्यागमन ऐन अनुसार देशको शान्ति सुरक्षा भंग गर्ने, सामाजिक सद्भावमा खलल् पुर्‍याउने वा त्यस्तो अभिव्यक्ति दिने विदेशी नागरिकको प्रवेशाज्ञा खारेज गर्न सकिने हुँदा त्यही ऐन अनुसार पेनरको प्रवेषाज्ञा रद्द गरिएको हुनसक्ने अधिवक्ता दीपेन्द्र झाले बताए ।

“प्रहरीले विगत १ वर्षदेखि पेनरलाई निगरानीमा राख्दै आएको रहेछ, तर उनको कुन अभिव्यक्तिले सदभावमा कस्तो खलल् पु¥यायो वा शान्तिसुरक्षा भंग गर्‍यो भन्ने खुलाइएको छैन,” उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>