अर्थ/बजारबुधबार, बैशाख २२, २०७३
नबिल बैंकलाई साफा सम्मान
नबिल बैंक लिमिटेडलाई दक्षिण एशियाली लेखा परीक्षकहरुको संस्था (साफा)ले सम्मान गरेको छ । साफाले वार्षिक रुपमा गर्दै आएको सार्क स्तरीय ‘साफा उत्कृष्ट वार्षिक वित्तिय प्रतिवेदन तथा संस्थागत सुशासन पारदर्शिता’ पुरस्कार अन्तरगत ‘प्राईभेट सेक्टर बैंकस् (इन्क्लुडिङ कोअपरेटिभ बैंकस) विधामा ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित गरेको हो ।
नबिललाई पाकिस्तानको लाहोरमा आयोजित कार्यक्रममा सम्मानित गरिएको हो । सम्मान नबिल बैंक संचालक समितिका सदस्य दयाराम गोपाल अग्रवालले सम्मान ग्रहण गरेका हुन ।
विभिन्न विधाका अवार्डहरुको छनौट साफाको मुल्याङ्कन समितिले गरेको थियो र मुल्याङ्कनको आधार पारदर्शिता, जवाफदेहीता र संचालनको सुधारलाई आधार बनाइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
