समाचारबुधबार, बैशाख २२, २०७३

दाहालको नेतृत्वमा सरकार बनाउन पहल

हिमालखबर

एमाओवादी पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

आज, २२ वैशाखमा दाहाल निवास लाजिम्पाटमा बसेको बैठकले दाहालको नेतृत्वमा कांग्रेस, एमाले, राप्रपा नेपाल, मधेशकेन्द्रित लगायतका दललाई मिलाएर सहमतिको सरकार गठन गर्ने निर्णय गरेको हो ।

यसैबीच अध्यक्ष दाहालले एक विज्ञप्ति जारी गरी एमाओवादीको नेतृत्वमा सरकार गठनका लागि नेपाली कांग्रेसले समेत सहमति जनाइसकेकाले त्यसदिशामा अघि बढेको जनाएका छन् ।

उनले सबै दललाई सरकार गठनका लागि सहयोग गर्न अपील समेत गरेका छन् ।

राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधान, संविधानको कार्यान्वयन र पुनर्निर्माणको कार्यमा वर्तमान सरकारले काम गर्न नसकेको दाहालको आरोप छ ।

प्रतिपक्षी नेपाली कांग्रेस सहित सत्तारुढ एमाओवादी समेत सरकारको विकल्पको खोजीमा लागेपछि अहिले एमाले स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

bigyapti

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>