समाचारबुधबार, बैशाख २२, २०७३
दाहालले ओलीलाई सुनाए सरकार फेर्ने निर्णय
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने पार्टीको निर्णय प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मालाई जानकारी गराएका छन् ।
पार्टी पदाधिकारी बैठकबाट नेपाली कांग्रेस लगायतका दलहरुको समर्थनमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गराएका दहालले त्यसलगत्तै विज्ञप्ति निकालेपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दुवै नेताहरुबीच छलफल भएको तर विषयवस्तुका बारेमा जानकारी नभएको बताए ।
हिजो साँझ मात्रै नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठक बसेको थियो । आज दुवै दलका आ–आफ्ना स्थायी कमिटीको बैठकपछि फेरि दुवै नेताबीच कुराकानी भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
