थप समाचारबुधबार, बैशाख २२, २०७३

म्याद नाघेका औषधि बाँड्ने सात कोरियाली दूतावासको जिम्मा

हिमालखबर

म्याद नाघेका औषधि बाँड्ने सात जना दक्षिण कोरियाली नागरिकलाई ललितपुर प्रहरीले दूतावासको जिम्मा लगाएको छ ।

ललितपुरको फर्पिङमा स्वास्थ्य शिविर सञ्चालन गरेर स्थानीयलाई म्याद गुज्रेका औषधि बाँड्ने चार डाक्टर र तीन कोरियाली नागरिकलाई प्रहरीले २० बैशाखमा नख्खुबाट पक्राउ गरेको थियो ।

गत वर्षको भूकम्पपछि पर्यटक भिषामा नेपाल आएका उनीहरुले शिविर सञ्चालन र चिकित्सकीय अभ्यास गर्न कुनै पनि निकायबाट अनुमति नलिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीहरुबाट १९ प्याकेट म्याद नाघेका औषधि र स्वास्थ्य सामाग्री समेत वरामद गरी औषधि व्यवस्था विभागलाई जिम्मा लगाएको थियो ।

विभागका महानिर्देशक बालकृष्ण खकुरेलले बरामद गरिएका औषधि एलर्जीमा प्रयोग हुने एन्टिबायोटिक रहेको बताए । उनले भने, “बरामद गरिएका औषधिको प्रयोग म्याद गत १ जनवरीसम्म मात्र छ ।”

उनले सबै औषधिमा कोरियन भाषा प्रयोग भएकाले पहिचान गर्न समस्या भएको हिमालखबरलाई बताए ।

दक्षिण कोरियाली सरकारले नै कारवाही गर्ने गरी उनीहरुलाई दूतावासको जिम्मा लगाइएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>