Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पाठकको नियुक्ति कार्यान्वयन नगराउन सर्वोच्चद्वारा अन्तरिम आदेश - Himalkhabar.com

थप समाचारबुधबार, बैशाख २२, २०७३

पाठकको नियुक्ति कार्यान्वयन नगराउन सर्वोच्चद्वारा अन्तरिम आदेश

हिमालखबर

सर्वोच्च अदालतले दीपक पाठकलाई प्रेस कान्सिलको सदस्यमा दिइएको नियुक्ति कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज पाठकको नियुक्ति कार्यान्वयन नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

गलत धन्दामा लागेका पाठकलाई काउन्सिलको सदस्य नबनाउन माग गर्दै पत्रकार रामकुमार एलनले सर्वोच्च अदालतमा मङ्लबार रिट निवेदन दायर गरेका थिए । आदेशमा सूचना तथा सञ्चार मन्त्रालयको यही वैशाख १७ गते गरेको निर्णय कार्यान्वयन नगर्नु/नगराउनु भनिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले पाठकलाई यही वैशाख १७ गते काउन्सिलको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>