समाचारबिहीबार, बैशाख २३, २०७३

‘गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका आठ घटना सूचीबद्ध’

हिमालखबर

Manchala Jha
सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झाले पीडितले चुरोटको बट्टामा लेखेर दिएको उजुरी पनि बुझ्ने बताएकी छन् ।

जिल्लास्थित मानव अधिकारवादी, स्थानीय शान्ति समितिका पदाधिकारी, नागरिक समाजका अगुवा तथा पत्रकारसँगको छलफल कार्यक्रममा सदस्य झाले यस्तो धारणा राखेकी हुन । आयोगको समयावधि मात्र नौ महिना रहेको बताउँदै उनले परेका उजुरीको सवालमा दिनरात गरेर भए पनि काम गर्ने बताइन् ।

मुलुकका आठवटा गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनालाई सूचीबद्ध गराइएको बताउँदै झाले सङ्क्रमणकालीन न्यायका लागि हदम्याद लाग्न नहुनेमा जोड दिइन । उनका अनुसार आयोगको यो काम पूरा गर्न तथा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन निर्वाध अघि बढिनेछ, तर सही कार्यान्वयन नभए त्यसको निगरानी राष्ट्रिय मानव अधिकार, प्रेसजगत् र नागरिक समाजले गर्नेछ ।

आयोगमा ५०औँ हजार मुद्दा पर्न सक्छन्, एक/एक गरेर हेर्न नभ्याइने, तर विशेष प्रकृतिका मुद्दा भने सबै हेरिने सदस्य झाको भनाइ थियो । त्यसका लागि आयोगले विज्ञ व्यक्तिलाई करारमा लिने, बजेट, जनशक्ति तथा अन्य आवश्यक स्रोत, साधनको व्यवस्था गर्नुपर्नेमा जोड दिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>