समाचारबिहीबार, बैशाख २३, २०७३
मन्त्रिपरिषद् बैठक स्थगित, साँझ ६ बजे बस्ने
सत्ता साझेदार दल एमाओवादीका मन्त्रीहरु अनुपस्थित भएपछि मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।
आज विहान ९ बजेका लागि बोलाइएको बैठकमा एमाओवादीबाट शिक्षामन्त्री बनेका गिरिराजमणि पोखरेलबाहेक अन्य मन्त्री अनुपस्थित थिए । एमाओवादीका मन्त्रीहरु नआएपछि बैठक साँझ ६ बजेसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
एमाओवादीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव ल्याएपछि दुई दलबीच विभिन्न चरणमा छलफल भइरहेको छ । “विहान प्रधानमन्त्री (ओली)सँग अध्यक्ष (पुष्पकमल दाहाल)को भेटवार्ता भयो, त्यही छलफलले साँझमा बैठक बस्ने सहमति भएको छ”, सामान्यप्रशासन मन्त्री रेखा शर्माले भनिन् । उनका अनुसार प्रधानमन्त्री ओली र दाहालबीच फेरि छलफल गरेर मन्त्रिपरिषद् बैठक बस्नेछ ।
एमाओवादीले आफ्नै नेतृत्वमा सरकार बनाउने पहल अघि बढाएपछि नेकपा एमाले अध्यक्ष नेतृत्वको वर्तमान सरकार संकटमा परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
