समाचारबिहीबार, बैशाख २३, २०७३
फोरम लोकतान्त्रिकमा सबै सर्वसम्मत
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)को केन्द्रीय कार्य समिति सर्वसहमतिबाट चयन भएको छ ।
खुल्लातर्फ २१ र आरक्षित २१ स्थान गरी ४२ स्थानका लागि ९७ जना आ–आफ्ना उम्मेदवारी दर्ता गराएपनि सर्वसहमतिबाट कार्य समिति चयन भएको प्रवक्ता सुनिलरञ्जन सिंहले बताए ।
उनका अनुसार सर्वसहमतिबाट अध्यक्ष निर्वाचित विजयकुमार गच्छदारलाई पार्टीको केन्द्रीय समितिको बैठकले सर्वसम्मत चयन गर्ने अधिकार दिएपछि केन्द्रीय कार्यसमितिको टुंगो लागेको हो ।
सर्वसम्मत ढङ्गले खुल्लातर्फबाट चयन हुने सदस्यहरुमा क्रमशः नन्दकुमार सरदार, कामेश्वरप्रसाद साह, गणेश लामा, मोहम्मद मुस्ताक आलम, शिवकुमार गुरमाछाने, छेदीलाल चौंधरी, उमाशङ्कर अरगरिया, सिद्धिकुमार महर्जन, सप्पनकुमार दास र योगेन्द्र चौधरी छन् ।
त्यसैगरी, लक्ष्मण यादव, सुबोधकुमार पोखरेल, प्रेम विसी, मोहम्मद तोफिक खान, निरु कार्की, वेदनारायण गच्छदार, अनिलकुमार गोड, हरेन्द्र सिँह, राजकुमार नालगो, प्रदीपकुमार चौधरी र वासुदेव राना छन् ।
केन्द्रीय सदस्यको आरक्षित पदमा महिलातर्फ जसवी मण्डल र रुक्मणि मण्डल, आदिवासी (हिमाल–पहाड)बाट साथीमान बल र जयराज सङपोक, लिम्बू, आदिवासी (तराई–मधेस)बाट उषा राजवंशी, शिवनारायण उराव, दलित (तराई–मधेश)बाट कलावतीदेवी पासवान र रमणी राम, दलित (हिमाल–पहाड)बाट सन्तोषी विश्वकर्मा र हस्तबहादुर विश्वकर्मालाई छनोट गरिएको छ ।
त्यसैगरी, पिछडावर्गबाट रामलखन ठाकुर बरही र देवनारायण मुखिया तथा खसआर्यबाट शिवप्रसाद दङ्गाल र दूर्गादेवी कोइराला, मधेसीबाट चन्दा साह, अर्जुनप्रसाद शर्मा, जवाहरलाल यादव र नारायण मेहता, मुस्लिमबाट गफार अन्सारी र मोहम्मद मोहताव आलम एवम् कर्णाली क्षेत्रबाट धनबहादुर पाण्डेलाई चयन गरिएको छ ।