समाचारबिहीबार, बैशाख २३, २०७३

‘भारतीय स्वार्थमा सरकार परिवर्तन’

हिमालखबर

सरकारमा सहभागी दल राष्ट्रिय जनमोर्चा सरकार परिवर्तनको विपक्षमा उभिने भएको छ ।

जनमोर्चाको अर्धभूमिगत मोर्चा नेकपा (मसाल)ले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा नउभिने प्रष्ट पारेको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै भारतले चाहेअनुसार संविधान संशोधन गराउने सोचसहित नयाँ सरकार बनाउने चलखेल भएको उल्लेख गरिएको छ ।

‘भारतले तराई वा मधेशका जनताको समस्यालाई देखाएर आफ्नो विस्तारवादी उद्देश्य पूर्ति गर्न वर्तमान सरकारको विकल्प खोज्ने प्रयत्न गरेको कुरा बुझ्न गाह्रो पर्दैन,” विज्ञप्तीमा उल्लेख छ ।

सरकारमा परिवर्तनले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आँच पुग्ने तथा गणतन्त्र र धर्मनिरपेक्षतामा पनि गम्भीर प्रकारले आँच पुग्ने सम्भावनाप्रति उक्त पार्टीले ध्यानाकर्षण गराएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपप्रधानमन्त्री एवम् गरिबी निवारण तथा सहकारीमन्त्री छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>