Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दाहाल पछि हटे, तत्काल सरकारबाट नहट्ने - Himalkhabar.com

समाचारबिहीबार, बैशाख २३, २०७३

दाहाल पछि हटे, तत्काल सरकारबाट नहट्ने

हिमालखबर

आफ्नो नेतृत्वमा सरकार गठन गर्ने भन्दै विज्ञप्ति जारी गरेको भोलिपल्ट नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पछि हटेका छन् ।

नयाँ सरकार गठन बारे छलफल गर्न आज विहान दाहाल निवास लाजिम्पाट पुगेका कांग्रेस नेताहरुसँग उनले ‘सबै साथीहरुलाई मनाउन सकिएन, मेरो नेतृत्वमा नयाँ सरकार गठनको छलफलले पूर्णता पाइसकेको छैन । थप छलफल गर्नु पर्ने भयो’ भनेका थिए ।

यसअघि एमाले उपाध्यक्ष बामदेव गौतमले एमाओवादी अध्यक्ष दाहाललाई भेटी एमाओवादीका सबै माग पूरा गर्न एमाले तयार भएको भन्दै वर्तमान गठबन्धनलाई कायमै राख्ने प्रधानमन्त्री ओलीको सन्देश सुनाएका थिए । ओलीको यस्तो प्रस्तावपछि दाहाल पछि हटेका हुन् ।

प्रधानमन्त्री ओलीले एमाओवादीसँग भएका सहमति (विशेषगरी द्वन्द्वकालीन मुद्दा नब्युँताउने) कार्यान्वयनमा आफूबाट गल्ती भएको स्वीकार्दै ती सहमतिको जिम्मा एमालेले लिने बताएको एमाओवादीका एक नेताले बताए ।

उनले भने, “वर्तमान गठबन्धन राष्ट्रियताको सवालमा प्रतिवद्ध छ, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने जिम्मा एमालेले लिएपछि यही गठबन्धनले नै निरन्तरता पाउने सम्भावना बढेको छ ।”

एमाले कम्तीमा पनि पनि संसदमा बजेट पेश गर्दासम्म सरकार टिकाउने रणनीतिमा छ ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले आज दिउँसो ३ बजे संसदलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>