Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ओली हैन बोली सरकार: महत - Himalkhabar.com

समाचारबिहीबार, बैशाख २३, २०७३

ओली हैन बोली सरकार: महत

हिमालखबर

व्यवस्थापिका–संसद्को आजको बैठकमा कांग्रेस सांसद प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले काम कम गर्ने तर, गफ धेरै छाँट्ने गरेको टिप्पणी गरेका छन् ।

विधिको शासन खस्कँदै गएको आरोप लगाउँदै उनले भने, “वर्तमान सरकार ओली सरकार हैन, बोली सरकार भएको छ ।” सभामुख ओनसरी घर्तीसँग समय लिई बोलेका उनले प्रधानमन्त्री ओली जनताको आवश्यकता पूरा गर्ने भन्दा सत्ता टिकाउने खेलमा लागेको आरोप लगाए ।

महतले भूकम्प पुनःनिर्माणमा दातृ निकायले दिएको आर्थिक सहयोगलाई सरकारले खर्च गर्न नसकेको, आर्थिक समृद्धिमा जनताको पहुँच बढ्न नसकेको चर्चा गर्दै राज्यको संरचनालाई कार्यकर्ता भर्ती केन्द्र बनाएको बताए ।

बैठकमा नेपाली कांग्रेस र एमाओवादीका सांसद्ले सरकारको विकल्प खोज्नुपर्नेमा जोड दिए भने एमाले र राप्रपा नेपाललगायत दल कमिकमजोरी सुधारेर सरकारको निरन्तरता दिनुपर्ने पक्षमा देखिए ।

नेकपा एमालेका युवराज ज्ञवालीले नयाँ नीति र कार्यक्रमका साथ सरकारले नयाँ बजेट ल्याउने तयारी गरिरहँदा सरकारमा साझेदार एक दलले सरकार असफल बनाउन लाग्नु बेठीक कार्य भएको बताए ।

उनले भूकम्पले थलथल परेको र भारतले नाकाबन्दी गरेको समयमा वर्तमान सरकार गठन भएको हुँदा सरकारले केही गरेन भन्नु आरोपका लागि आरोपमात्र भएको दाबी गरे । ज्ञवालीले सरकारका कामप्रति जनताका गुनासा भए पनि अहिले सरकार परिवर्तन गर्ने समय नरहेको भन्दै वर्तमान सरकारलाई नीति तथा कार्यक्रम र बजेट ल्याउन दिन आग्रह गरे ।

एमाओवादीका जनार्दन शर्माले जनताले नयाँ संविधान जारी भएपछि संविधान कार्यान्वयन, राहत, महँगी नियन्त्रण चाहेका थिए तर यसो हुन नसकेको भन्दै वर्तमान सरकारको विकल्पको खोजी भएको स्पष्ट पारे । उनले आफ्नो पार्टी सत्ता साझेदार दल भएको तर जनताको चाहनामा सिन्का पनि भाँच्न नसकेको भन्दै यसैले सरकारको विकल्पको खोजी गरिएको बताएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुशीलकुमार श्रेष्ठले अहिले सरकार परिवर्तनभन्दा संविधान कार्यान्वयनमा लाग्न राजनीतिक दलहरुले ध्यान दिन आवश्यक रहेकामा जोड दिँदै सत्ताको जोड घटाउले राष्ट्रियता कमजोर हुने धारणा राखे ।

उनले यही सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा परिवर्तन गर्न सकिने भन्दै सरकार परिवर्तनले भूकम्प पुनःनिर्माणमा असर पर्न जानेतर्फ ध्यानाकर्षण गराएका थिए । बैठक जारी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>