समाचारबिहीबार, बैशाख २३, २०७३

एमाले–एमाओवादी संयुक्त वक्तव्य जारी गर्दै

हिमालखबर

एमाओवादीले तत्काल सरकार नछाड्ने भएपछि विकसित पछिल्लो राजनीतिक परिस्थितिका बारे एमाले र एमाओवादीले संयुक्त वक्तव्य जारी गर्ने भएका छन् ।

एमाओवादी स्थायी समिति सदस्य एवम् शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका अनुसार पछिल्लो समय विकसित घटनाक्रम र दुई दलबीचका समझदारी स्पष्ट पार्न विज्ञप्ति जारी गरिने भएको हो ।

“आज साँझसम्म दुवै पार्टीको संयुक्त विज्ञप्ति आउँदैछ, त्यसपछि सबै स्पष्ट हुन्छ,” पोखरेलले हिमालखबरसँग भने ।

हिजोमात्रै आफ्नै नेतृत्वमा सरकार गठनका लागि सबै दलसँग अपिल गर्दै विज्ञप्ति जारी गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आज पछि हटेका छन् ।

एमाओवादीका मागहरु सबै पूरा गर्ने तर, कम्तीमा पनि बजेट पेश गर्दासम्म वर्तमान सरकारलाई नढाल्ने प्रधानमन्त्री ओलीको प्रस्तावपछि दाहाल पछि हटेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>