समाचारबिहीबार, बैशाख २३, २०७३
पदको लालच छैन, कांग्रेसलाई धन्यवाद भनिसकेः दाहाल
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान बन्न नदिने तत्वहरू संविधान कार्यान्वयन हुन नदिन सक्रिय हुन खोजिरहेको बताएका छन् ।
कार्ल माक्र्सको १९८औं जयन्तिको अवसरमा काठमाडौंमा नाचघरमा आयोजित कार्यक्रममा दाहालले संविधान बन्न नदिनेहरूको षडयन्त्र दलहरुको असाधरण एकताले विफल बनाएको बताए । उनले भने, “संविधान कार्यान्वयनमा जटिलता देखिएको छ, फेरि दलहरुबीच असाधरण एकता आवश्यक छ ।”
उनले प्रमुख दलहरुलाई बाहिर राखेर बन्ने बहुमतीय सरकारको नेतृत्व एमाओवादीले नगर्ने बताए । दाहालले भने, “मलाई प्रधानमन्त्रीको प्रस्ताव गरेकामा कांग्रेसलाई धन्यवाद भनेको छु । कुनै एउटा दल बाहिर रहने सरकारको नेतृत्व एमाओवादी ले गर्दैन ।”
दाहालले कांग्रेस र मोर्चासहितको राष्ट्रिय सरकारको प्रयत्न भने कायमै रहने बताए । उनले आफू कुनै पदको लालचमा नरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>