समाचारबिहीबार, बैशाख २३, २०७३
दीक्षित अस्पतालबाट डिस्चार्ज
अख्तियारको हिरासतमै रहेका बेला विरामी परेपछि अस्पताल भर्ना भएका पत्रकार कनकमणि दीक्षित आज २३ वैशाखमा घर फर्केका छन् ।
उच्च रक्तचापका विरामी दीक्षितलाई १० वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो । महानगरीय प्रहरी वृत्त गौशालामा राखिएका दीक्षितको स्वास्थ्य अवस्था विग्रंदै गएपछि उनलाई वीर अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।
२० वैशाखमा सर्वोच्च अदालतले दीक्षितलाई अख्तियारले गैरकानूनी थुनामा राखेको भन्दै रिहा गर्ने आदेश दिए पनि स्वास्थ्य अवस्थाका कारण उनी घर फर्कन पाएका थिएनन् ।
सर्वोच्चमा उपस्थित हुँदा समेत उनी चिकित्सककै निगरानीमा थिए ।
“पुरै ठिक भइसकेको छैन, औषधि लिइरहनुभएको छ,” दीक्षितका छोरा इलमले भने, “फेरि फलोअपमा जानुपर्ने छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
