समाचारबिहीबार, बैशाख २३, २०७३

यातायात, जनमैत्री र ओल्ड पिसको लाइन काटियो

लोकमणि राई

बक्यौता नतिरेपछि विद्युत प्राधिकरणले लाइन काटिदिएको हो । जनमैत्री अस्पतालका कर्मचारीले लाइन काट्ने कर्मचारीलाई दुब्र्यबहार समेत गरे ।

विद्युत प्राधिकरणले यातायात व्यवस्था विभाग, बालाजुस्थित जनमैत्री अस्पताल र ओल्र्ड पिस फउण्डेशन नामक गैरसरकारी संस्थाको बिजुलीको लाइन काटिदिएको छ ।

विद्युत महशुलवापत यातायातले बन्द भएको ट्रली बसको रू. ३९ लाख ३६५ सहित रू. ४० लाख ६७ हजार ९०३, जनमैत्री अस्पतालले जरिवाना सहित रू. ९७ लाख ४२ हजार ९४ र ओल्र्ड पिस फउण्डेसनले रू. २ लाख २ हजार ४५७ नतिरेपछि लाइन काटिदिएको हो । विद्युत प्राधिकरण नियमावली अनुसार ७ दिने सूचना दिँदा पनि यी संस्थाले महशुल नतिरेपछि लाइन काटिदिएको प्राधिकरण स्रोतले जनाएको छ ।

स्रोतका अनुसार यातायातको २२ वैशाख, जनमैत्री अस्पतालको १५ बैशाख र ओल्र्ड पिस फउण्डेसनको २३ वैशाखमा लाइन काटिएको हो । “बक्यौता धेरै रहेपछि हामीले महशुल बुझाउन पटक पटक ताकेता गरेका थियौं,” प्राधिकरण स्रोतले भन्यो, “अटेर गरेपछि लाइन काट्नुको विकल्प रहेन ।”

जनमैत्री अस्पताललाई प्राधिकरणले पटक पटक महशुल तिर्न ताकेता गरेको थियो । लाइन काट्नुअघि प्राधिकरणका अधिकारीहरूले अस्पतालका अधिकारीहरूसँग छलफल समेत गरेका थिए । त्यसका वावजुद अस्पतालले महशुल तिर्न अटेर गरेको हो ।

“उल्टो लाइन काट्न जाने कर्मचारीमाथि अस्पतालका कर्मचारीले दूब्र्यबहार गरे,” स्रोतको भनाइ छ, “अपशब्द बोले र समातेर थुन्न खोजे । त्यस विषयमा लाइन काट्न जाने कर्मचारीले प्राधिकरणमा लिखत जानकारी गराउनुभएको छ ।”

प्राधिकरणका निर्देशक दीर्घायुकुमार श्रेष्ठले यातायात, जनमैत्री अस्पताल र ओल्र्ड पिस फउण्डेसनको लाइन काटिएको पुष्टि गरे । “विद्युत प्राधिकरण नियमावली अनुसार २ महिनाभित्र बक्यौता नतिर्ने ग्राहकको लाइन काट्नुपर्छ,” उनले भने, “यो प्राधिकरणको नियमित काम हो । ग्राहकको लाइन काट्ने नियत होइन ।”

प्रधानमन्त्रीको कार्यालयले चुहावट नियन्त्रण गर्न र राजश्व संकलन बढाउन निर्देशन दिएपछि प्राधिकरणले बैशाख महिनालाई चुहावट नियन्त्रण महिना अभियान सुरु गरेको हो । प्राधिकरणले आप्mना ८ वटै क्षेत्रिय कार्यालयलाई चुहावट नियन्त्रण गर्न र राजश्व संकलन बढाउन निर्देशन दिएको छ ।

त्यसअनुसार २ महिनाभन्दा बढी विद्युत महशुल नतिर्ने ग्राहकको लाइन काट्न प्राधिकरणको देशभरका कार्यालय परिचालन गरिएको छ । प्राधिकरणले बक्यौता धेरै भएका सबै सरकारी कार्यालयलाई बक्यौता बुझाउन पत्राचार समेत गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>