Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एमाले र एमाओवादीबीच द्वन्द्वकालका मुद्दा फिर्ता, माफी लगायत ९ बुँदे सहमति - Himalkhabar.com

दस्तावेजबिहीबार, बैशाख २३, २०७३

एमाले र एमाओवादीबीच द्वन्द्वकालका मुद्दा फिर्ता, माफी लगायत ९ बुँदे सहमति

हिमालखबर

एमाले र एमाओवादीबीच द्वन्द्वकालका मुद्दा फिर्ता, माफी लगायत ९ बुँदे सहमति

नेपाली कांग्रेसको समर्थनमा आफ्नै नेतृत्वमा सरकार बनाउन अघि बढेको एमाओवादीलाई रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालीन मुद्दामा उन्मुक्ति दिने गरी सहमति गरेका छन् ।

२३ वैशाख साँझ प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको ९ बुँदे सहमतिका अधिकांश बुँदा द्वन्द्वकालसँग सम्बन्धित छन् । सहमतिको ७ नम्बर बुँदामा छ, ‘सशस्त्र द्वन्द्वकाल र विभिन्न समयमा राजनीतिक कारणले लगाइएका मुद्दाहरू फिर्ता, माफी मिनाहाको प्रक्रिया अबिलम्ब अगाडि बढाउने ।’

त्यस्तै, विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप संक्रमणकालीन न्यायसम्बन्धी कार्य गर्न ठोस कार्यतालिकासहित १५ दिनभित्र कानून संशोधन लगायतका प्रक्रिया अघि बढाउन पनि ओली र दाहालबीच सहमति भएको छ ।

द्वन्द्वकालमा घरायसी कागजको आधारमा खरीद बिक्री गरिएका जग्गाको स्वामित्वलाई प्रस्तुत प्रमाणको आधारमा रजिष्ट्रेशन गर्ने सहमति पनि भएको छ ।

हेर्नुहोस्, सहमतिको पूर्णपाठः

नेकपा एमाले र एकिकृत नेकपा माओवादीका बीच भएको सहमति

वर्तमान संयुक्त सरकार गठन गर्दा भएका सहमति र समझदारीको प्रभावकारी कार्यान्वयन गर्न तथा आपसी विश्वास एवं समझदारीलाई अरु सुदृढ पार्दै राष्ट्रको समग्र समस्याको समाधानका लागि निम्नानुसारको सहमति गरियो ।

१. संविधानको कार्यान्वयन र सामाजिक आर्थिक रुपान्तरणका लागि अनुकूल वातावरण सिर्जना गर्ने उद्धेश्यका साथ राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने । संविधान कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा संरचनागत कार्य प्रभावकारी रुपमा अघि बढाउने ।

२. संघीयता लगायतका विषयमा तराई मधेश केन्द्रित समेतका कतिपय राजनीतिक दलहरुले उठाएका विषयमा छलफल गरी राजनीतिक सहमतिको आधारमा टुँगो लगाउने ।

३. विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप संक्रमणकालीन न्याय सम्बन्धी कार्य गर्न ठोस कार्य तालिका सहित १५ दिनभित्र कानून संशोधन लगायतका प्रकृया अघि बढाउने ।

४. शहीद तथा वेपत्ता परिवारहरुलाई यसअघिका मन्त्रिपरिषद्ले गरेका निर्णय अनुरुप राहत प्रदान गर्ने ।

५. द्वन्द्व कालमा घरायसी कागजको आधारमा खरिद बिक्री गरिएका जग्गाको स्वामित्वलाई प्रस्तुत प्रमाणको आधारमा रजिष्ट्रेशन गर्ने ।

६. सशस्त्र द्वन्द्व तथा जनआन्दोलनको क्रममा घाइते भएकाहरुको उपचार, संरक्षण र जीविकोपार्जनका लागि उचित व्यवस्था गर्ने ।

७. सशस्त्र द्वन्द्व काल र विभिन्न समयमा राजनीतिक कारणले लगाईएका मुद्दाहरु फिर्ता, माफी, मिनाहको प्रक्रिया अविलम्ब अघि बढाउने ।

८. राजनीतिक तथा प्रशासनिक नियुक्ति, सरकारका महत्वपूर्ण निर्णय लगायत सरकार संचालनसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा राजनीतिक दलका प्रमुख नेताहरूको बीचमा निरन्तर संवाद र सहमति कायम गर्ने । यस अगाडि भएका सहमति तत्काल कार्यान्वयन गर्ने ।

९ भूकम्पपछिको पुनर्निर्माण कार्यलाई द्रूत गतिमा अघि बढाउने । यसका लागि स्वयसेवक परिचालन सहितको राष्ट्रिय अभियान संचालन गर्ने ।

 

‍‍‍‍‍‍‍……………

केपी शर्मा ओली
प्रधानमन्त्री
अध्यक्ष, नेकपा एमाले

…………….

पुष्पकमल दाहाल

अध्यक्ष, एनेकपा माओवादी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>