समाचारशुक्रबार, बैशाख २४, २०७३

मधेशी मोर्चाद्वारा संसद बहिस्कार

हिमालखबर

व्यवस्थापिका–संसदको आजको बैठक मधेशी मोर्चाले बहिस्कार गरेको छ ।

बैठकको प्रारम्भमा बोल्दै संघीय समाजवादी फोरमका उपाध्यक्ष सांसद अशोक राईले सरकारले आदोलनरत मधेशी मोर्चाले उठाएको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै आजको बैठक बहिस्कार गरेको घोषणा गरे ।

नेपालको संविधान अन्तरिम संविधानभन्दा पनि विभेद्कारी रहेकाले जस्ताको तस्तै कार्यान्वयन नगरी पुनःलेखन हुनुपर्ने बताउँदै उनले विगतदेखिको माग पूरा गर्न दोस्रो चरणको आन्दोलन प्रारम्भ भइसकेको र यो आन्दोलन राष्ट्रव्यापी हुने बताए ।

मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकलाई शहीद घोषणा गरिनुपर्ने, बिरामीको उपचार गरिनुपर्ने, विगतका घटनाको छानबिन गरी झुटा मुद्दा फिर्ता हुनुपर्नेजस्ता मागप्रति सरकारले बेवास्ता गरेको र सार्थक वार्ता गरी निकास निकाल्न अनिच्छुक भएको उनले आरोप लगाए ।

सांसद राईले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणको काम सन्तोषजनक नभएको र भ्रष्टाचार मौलाएको आरोप पनि लगाएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>