समाचारशुक्रबार, बैशाख २४, २०७३
राष्ट्रपतिको भारत भ्रमण रद्द
२७ वैशाखदेखि हुने भनिएको राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण नहुने भएको छ ।
राष्ट्रपतिको भारत भ्रमणलाई मन्त्रिपरिषदको बैठकले स्वीकृत नगरेका कारण उनको भ्रमण नहुने भएको हो ।
पछिल्लो समय भएको राजनीतिक घटनाक्रमले गर्दा उनको भ्रमण हुन नसकेको बुझिएको छ ।
परराष्ट्र मन्त्रालयले पनि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई राष्ट्रपतिको भ्रमण रद्द भएको जानकारी गराइसकेको छ ।
मन्त्रिपरिषदले समयमै निर्णय नगरेकाले भ्रमण रद्द भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन् ।
यसअघि राष्ट्रपति भण्डारी आफैले सञ्चारकर्मीलाई आफू भारतको सद्भावना भ्रमणमा जान लागेको जानकारी दिएकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
