समाचारशुक्रबार, बैशाख २४, २०७३
राष्ट्रिय सुरक्षा नीति अनुमोदन
आज बसेको सुरक्षा परिषदको बैठकले राष्ट्रिय सुरक्षा नीति अनुमोदन गरेको छ ।
परिषदले अनुमोदित सुरक्षा नीतिलाई स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले जानकारी दिए ।
“धेरै लामो विश्लेषण, मन्त्रालयको सुझाव र विभिन्न पक्षसँगको छलफल पछि सुरक्षा नीति तयार पारिएको छ । यसले राष्ट्रिय सुरक्षा, पर्यावरण सुरक्षा, प्राकृतिक सुरक्षा, मानवीय सुरक्षा र सुरक्षा निकायलगायत समग्र मुलुकलाई समेटेको छ,” उपप्रधानमन्त्री भीम रावलले भने ।
यसअघि आजै वसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेको पनि रावलले जानकारी दिए ।
“नीति तथा कार्यक्रमबारे छलफल गर्न छुटेका केही विषयहरु र समसामयिक विषयमा छलफल भयो,” उनले भने ।
कपिल भट्ट, काठमाडौं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
