थप समाचारशुक्रबार, बैशाख २४, २०७३
ग्रान्डी अस्पतालले पत्रकारहरुको स्वास्थ्य जाँच गर्ने
प्रथम राष्ट्रिय पत्रकारिता दिवस को अवसरमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
नेपाल सरकार सूचना तथा संचार मन्त्रालय र नेपाल पत्रकार महासंघको सहकार्यमा संचालन हुन लागेको स्वास्थ्य परिक्षण कार्यक्रममा ग्रान्डी अस्पतालका जनरल मेडिसिन, इन्डोक्राइनोलोजी, डायबेटोलोजी, ग्याष्ट्रोइन्टेरोलोजी र दन्त बिभागका बिशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिनेछन् ।
त्यसैगरी सिबिसी, युरिन डिपिस्टिक टेष्ट, रेन्डम सुगर ग्लुकोमिटर टेष्ट लगायतका प्रयोगशाला जाँचहरु समेत स्वास्थ्य परिक्षणस्थलमा नै उपलब्ध हुने अस्पतालले जनाएको छ ।
स्वास्थ्य परीक्षण कार्यक्रम भोलि बैशाख २५ गते काडमाडौंको तिलगंगा संचारग्राम स्थित पत्रकार महासंघको भवनमा बिहान आठ बजेदेखी अपरान्ह ४ बजेसम्म संचालन गरिने बताइएको छ ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका एमडी इन्टरनल मेडिसिन तथा डिएम ग्याष्ट्रो इन्टेरोलोजी- डा. ए के कश्यप, एम डी इआर मेडिसिन – डा. संजय कार्की, एमडी इन्टरनल मेडिसिन – डा. सन्देश पन्थी, एमडी नेफ्रोलोजी-डा.उपेन्द्र जोशी तथा कन्सल्ट्यान्ट डेन्टल सर्जन डा. मध्या भन्डारी लगायतका डाक्टरहरुको टिमले पत्रकार तथा संचारगृहमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य परीक्षण गर्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
