समाचारशुक्रबार, बैशाख २४, २०७३
भारतका लागि नेपाली राजदूत उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णय
मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
राजदूत उपाध्यायलाई सरकार परिवर्तन गर्ने खेलमा लागेको, भारतीय राजदूतसँग मधेशका जिल्लाहरुको भ्रमण गरेको र नेपाल आउँदा परराष्ट्रलाई जानकारी नगराएको भन्दै फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ ।
उपाध्यायलाई सुशील कोइराला नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूतका रुपमा नियुक्त गरेको थियो । उपाध्याय यसअघि अर्थराज्य तथा पर्यटनमन्त्री भइसकेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
