समाचारशनिबार, बैशाख २५, २०७३
गैरजिम्मेवार कांग्रेस अस्थिर एमाओवादीः ज्ञवाली
नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको गैरजिम्मेवार र सत्तारुढ दल एमाओवादीको अस्थिर भूमिकाले सरकार परिवर्तनको खेल भएको बताउँछन् ।
एमाओवादी नेतृत्वमा सरकार बनाउने कांग्रेसको प्रस्ताव अपरिपक्क भएकैले सफल हुन नसकेको ज्ञवालीले बताए । हिमालखबरसँग उनले भने, “संसदको पहिलो दल भएकाले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रस्ताव अस्वभाविक हुँदैनथ्यो, तर अस्थिरता निम्त्याउनेगरी भएको पहल अपरिपक्क हो ।”
ज्ञवालीले एमाले र एमाओवादीका नेताहरुको प्रयत्नबाटै तत्काललाई सरकार परिवर्तनको खेल रोकिएको बताए । “नीति तथा कार्यक्रम पारित गरेर राष्ट्रिय सहमतिको सरकार गठनका लागि एमाले खुल्ला छ”, ज्ञवालीले भने ।
२१ वैशाखमा कांग्रेसको प्रस्तावमा एमाओवादी नेतृत्वको सरकार बनाउने प्रस्ताव सरकारमा आएपनि २४ घण्टा नबित्दै वर्तमान सरकारले निरन्तरता पाउनेगरी एमाले र एमाओवादीबीच ९ बुँदे सहमति भइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
