समाचारशनिबार, बैशाख २५, २०७३
मोर्चामा नेतृत्व विवाद
संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेसी मोर्चासहितको संयुक्त संघीय गठबन्धनमा नेतृत्व कसले लिने भन्नेमा विवाद देखिएको छ ।
तराई केन्द्रीत दलहरुको गठबन्धनमा अन्य जातीय र क्षेत्रीय दलसहितको गठबन्धन बनेपछि नेतृत्व कसले लिने भन्ने विवाद बढेको हो । गठबन्धनको नेतृत्व संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लिने भएपछि मधेसी मोर्चाका अन्य दलहरुले असन्तुष्टि जनाएका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी र मधेशी जनाधिकार फोरम गणतान्त्रिकले यादवको नेतृत्व नस्वीकार्ने जनाएका छन् । उनीहरुले यादवको संयोजकत्वमा २४ वैशाखमा बसेको बैठक समेत अस्वीकार गरेका छन् ।
मोर्चाले काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भन्दै अन्य साना दल र जातीय संगठनहरुसँग संयुक्त गठबन्धन बनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
