समाचारशनिबार, बैशाख २५, २०७३
संविधान जारी नहोस् भन्नेहरुले नाटक मञ्चन गरेः पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान जारी नहोस् भन्नेहरुले नै एमाले नेतृत्वको सरकार गिराउने नाटक मञ्चन गरेको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने, “संविधान जारी नहोस् भन्नेहरु देशभित्र र बाहिर रहेछन्, तिनीहरुले अहिले पनि एमालेको सरकार गिराउने नाटक मञ्चन गरिरहेका छन् ।”
प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सम्झौता कहीँ कसैको प्रभावमा नपरी यही भूमिमा बसेर भएको बताउँदै महासचिव पोखरेलले त्यही सम्झौताले संविधान ल्याउने सङ्कल्प अनुरुप नै संविधान आएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
