समाचारआइतबार, बैशाख २६, २०७३
एनसेलले बुझायो ९ अर्ब ९६ करोड ९५ लाख
मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई रु नौं अर्ब ९६ करोड ९५ लाख कर बुझाएको छ ।
एनसेलले २६ वैशाख अपरान्ह ठूला करदाताको कार्यालयमा उक्त रकम बुझाएको हो । उसले बाँकी रकम कर निर्धारण भएपछि कार्यालयलाई बुझाउने जनाएको छ ।
“एनसेलले नौ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ बुझाएको छ,” ठूला करदाता कार्यालयका एक उच्च अधिकारीले भने, “आफ्नो कारोबारको विवरण उपलब्ध गराएको छ । ती विवरण अध्ययनपछि कर निर्धारण हुन्छ । त्यहि आधारमा एनसेलले बाँकी रकम बुझाउँछु भनेको छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
