समाचारआइतबार, बैशाख २६, २०७३

राष्ट्रपति विद्यादेवी भण्डारी संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

हिमालखबर

president

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी । तस्वीरः विक्रम राई

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।

संविधान जारी भएपछिको सरकारको पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ः०५ बजे पुगेकी थिइन् ।

उनलाई बबरमहलबाट संसद् भवनसम्म बग्गीमा राखी ल्याइएको थियो । राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेल र सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई लगायतले स्वागत गरे ।

गत ११ कात्तिकमा राष्ट्रपतिमा निर्वाचित भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुतसहित सम्बोधन गरेको यो पहिलो अवसर हो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>