समाचारआइतबार, बैशाख २६, २०७३

यस्तो छ सरकारको नीति तथा कार्यक्रम

हिमालखबर

राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी छन् ।

नीति तथा कार्यक्रमका मुख्य बुँदाहरु:

भूकम्प पीडितहरुलाई तत्कालै छानो मुनी ल्याउन सामूहिक आवास निर्माण गरिने, भूकम्प प्रभावित क्षेत्रमा एक घर एक रोजगारी कार्यक्रम लागू गरिने ।

पुनःनिर्माणको ५ वर्षे खाका तयार गरिने । सरकारी कार्यालयहरुको निर्माण प्रक्रिया अघि बढाइने, तीन वर्षमा धरहराको पुनःनिर्माण गरिने ।

तीन वर्षभित्र भूकम्पले क्षतिग्रस्त सबै विद्यालय, अस्पताल र स्वास्थ्य चौकीको निर्माण गरिने ।

भूकम्पबाट क्षतिग्रस्त सम्पूर्ण संरचनाको ५ वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने ।

आत्मनिर्भर उन्मुख हुँदै अन्य मुलुकसँगको व्यापारिक सम्बन्धमा विविधिकरण र आर्थिक सम्बन्धलाई विविधिकरण गरिने ।

आगामी मंसीरमा स्थानीय निकायको निर्वाचन गरिने ।

वन्दका कार्यक्रमहरुलाई निषेध गरिने ।

आधारभूत खाद्द वस्तुमा मुलुकलाई २ वर्षमै आत्मनिर्भर बनाउने ।

औषधिउपचारमा आत्म निर्भर बन्न प्रयास गर्ने ।

पेट्रोलियम पदार्थको आपूर्तिका लागि एउटै स्रोतमा भर नपरी स्रोत विविधिकरण गर्ने ।

स्वरोजगारी र रोजगारीका प्रश्स्त अवसर सिर्जना गरी परनिर्भरता हटाउने ।

आगामी १५ वर्षमा मध्यम आयभएका देशहरुको स्तरमा पुग्ने ।

आगामी वर्ष समृद्धि प्रस्थान वर्ष, आगामी ५ वर्ष विकास वर्ष, आगामी १० वर्ष समृद्धिको खुडकिलो उक्लिने वर्ष ।
वित्तिय क्षेत्रको स्थायित्व हासिल गर्दै वित्तिय क्षेत्र रणनीति कार्यान्वयनमा ल्याइने ।

नीजि क्षेत्रको प्रवद्र्धनका लागि सरकारले सहजीकरण गर्ने । सहकारी अभियानलाई अघि बढाउने । समाजमा विद्यमान सम्पूर्ण सामन्तवादका अवशेष हटाउने ।

विभिन्न क्षेत्रलाई विभिन्न खाद्दवस्तुको पकेट क्षेत्रका रुपमा खडा गर्ने । किसानहरुलाई सामाजिक सुरक्षा दिने । कृषि सुचना मोबाइलबाट प्रेसित गर्ने । नीजि, सहकारी र सरकारी निकायबीच सहकार्य गर्ने । पशुपंछी पालनका लागि सहुलियतमा ऋण दिने ।

भूउपयोग नीति ल्याउने, वैज्ञानिक भूमिसुधार लागू गर्ने ।

मुक्त कमैया र हलिया पुनस्र्थापनाको कार्य यसैवर्ष सम्पन्न गर्ने, भूमी प्रशासनमा सुधार गर्ने ।

वन संरक्षण, व्यवस्थापन र सुद्धृढिकरणका लागि समुदायमा आधारित संरचनालाई जोड दिने ।

काठको उत्पादन र उपयोगमा मुलुकलाई आत्मनिर्भर बनाउने ।

सामुदायिक बन र सहकारी मार्फत जनसहभागिता बढाइ वनबाट रोजगारीको अवसर सृजना गरिने ।

जलाधार एवम् सीमसार र चुरे क्षेत्रको संरक्षणको गुरुयोजना ल्याउने ।

तीन वर्षभित्र प्रत्येक प्रदेशमा एक ठूलो औद्योगिक क्षेत्र स्थापना गरिसक्ने ।

लगानीकर्तालाई आकर्षित गर्न नीतिगत, कानूनी र प्रक्रियागत व्यवस्था गरिने । कानून सुधार गर्ने ।

एक घर एक रोजगारीको व्यवस्था गर्ने ।

तयारी पोशाकको उद्योगको विकास र विस्तार गर्ने । अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने व्यापारघाटा कम गर्ने ।

बजार अनुगमन र आपूर्ति प्रणाली प्रभावकारी बनाउने ।

पेट्रोलियम पदार्थको अन्वेषण र उत्खननलाई प्राथमिकता दिने ।

आपूर्ति नियमित र सहज बनाउने प्रत्येक प्रदेशमा पेट्रोलियप पदार्थको ९० दिनको माग धान्ने गरी भण्डारण संरचना बनाउने ।

विसं. २०८२ भित्र १० हजार मेगावाट जलविद्युत उत्पादन गर्ने ।

सर्बै प्रदेशमा एक एक जलाशय युक्त विद्युत परियोजना निर्माण गर्न अध्ययन् गर्ने ।

सूर्य, वायु र जैविक उर्जाको प्रवर्द्धन गरिने ।

‘उज्यालो नेपाल र समृद्ध नेपाल’ कार्यक्रमलाई अभियानका रुपमा अघि बढाउने ।

सबै जनताका लागि दुई वर्षभित्र आधारभूत स्वच्छ खानेपानी पुर्‍याउने ।

तराई मधेशमा खानेपानी सुधार कार्यक्रम लागू गर्ने । जनताको खानेपानी कार्यक्रम सञ्चालन गरिने ।

सुख्खा वस्ती र विद्यालयमा विशेष पम्पीङ आयोजना ल्याइने । चुरेभावर र मधेशमा थोक वितरण प्रणाली लागू गरिने ।

सडक, रेल यातायात विकासका लागि ५ वर्षे रणनीतिक योजना बनाइने । सबै प्रदेशका सदरमुकाम जोडने सडक दुई लेनको कालोपत्रे बनाइने ।

हुलाकी राजमार्गको निर्माण चरणवद्ध रुपमा सम्पन्न गरिने ।

काठमाडौं हेटौडा द्रुत मार्ग नेपाल सरकारको लगानीको आगामी वर्षदेखि शुरु गरिने ।

उत्तरी व्यापारी नाका जोडने सडकहरुलाई शिघ्र निर्माण गरिने ।

उपत्यकामा चक्रपथ भित्रका सबै सडक एकवर्षभित्र कालोपत्रे गरिने ।

पूर्वपश्चिम रेलमार्ग निर्माणका लागि अध्ययन् शुरु गरिने । रसुवा–काठमाडौंं–लुम्बिनी–पोखरा रेलमार्गको विस्तृत अध्ययन् दुई वर्षमा सम्पन्न गरिने ।

अरनिको राजमार्ग विस्तार गरिने तातोपानी भन्सार नाका सञ्चाल गरिने ।

२ वर्षमा डोल्पा र हुम्लामा सडक पुर्‍याउने ।

एक शहर एक पहिचानको अवधारणा अन्तर्गत शहर निर्माण गरिने ।

सरकारी भवनको निर्माण, संरक्षण र रेखदेख एउटै निकायले गर्ने ।

१० वर्षीय पर्यटकीय रणनीति आयोजना कार्यान्वयन गरिने । सन् २०१८ मा १० लाख पर्यटक भित्र्याउने ।

पर्यटकलाई पदयात्रा र पर्वैतारोहणको स्वीकृति दिने एउटै निकाय बनाउने । पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउने, मौषम पूर्वानुमान लाई थप भरपर्दो बनाई पर्यटकहरुलाई मोबाइलमार्फत सूचना उपलब्ध गराउने ।

काठमाडौंमा राष्ट्रिय सांस्कृतिक संग्राहलय बनाउने । प्रत्येक प्रदेशमा नमुना सांस्कृतिक ग्रामको स्थापना गरिने ।

प्रत्येक प्रदेशमा अन्तार्राष्ट्रिय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने ।
बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडै अघि बढाउने । हवाइ सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने ।

कक्षा १२ सम्मको शिक्षा क्रमशः अनिवार्य र निशुल्क बनाउने । दलित तथा सिमान्तकृत वर्गका लागि सबै तहको शिक्षा निशुल्क गरिने । सामुदायिक विद्यालयको स्तारोन्नती गरिने ।

विज्ञान प्रविधि अध्ययन गर्ने विद्यार्थीलाई सहुलियतपूर्ण ऋण दिइने ।
कृषि क्याम्पसको विस्तार गरिने ।

आधारभूत स्वास्थ्य सेवालाई निशुल्क बनाइने । एलोपैथिकसँगै आयुर्वेद र अन्य पूरक स्वास्थ्य सेवालाई एकद्वारबाट दिन परीक्षण शुरु गरिने ।

महिला स्वास्थ्य स्वयम सेविकाको भत्ता बढाउने । उनीहरुलाई समाजिक सुरक्षाको दायारामा ल्याउने ।

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य विमा कार्यक्रम । पूर्ण अपांग र अशक्तका परिवारका एक सदस्यलाई स्याहार तालिम र स्वरोजगारको अवसर दिइने ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम ल्याइने ।

जनता अवास कार्यक्रम अन्तर्गत दलित र विपन्नहरुका लागि २० हजार घर बनाइने ।

कृषि र अन्य क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षाको व्यवस्था गरिने ।

जनताको लगानीमा जनताको जलविद्युत कार्यक्रम सञ्चलन गरी रेमिट्यान्सको सदुपयोग गर्ने ।

प्रत्येक प्रदेशमा एक रंगशाला वा बहुउद्देश्यिय कभर्ड हल बनाउने ।

झापाको लखनपुरमा यसै आर्थिक वर्षभित्र रंगशाला निर्माण शुरु गर्ने ।

पत्रकारको योग्यता निर्धारण गरी आचारसंहिता लागू गर्ने । सञ्चारमाध्यमको वर्गिकरण र विशिष्टिकरण गर्ने । गोरखापत्र विराटनगर कोहलपुरबाट समेत प्रकाशन गर्ने ।

सुरक्षण मुद्रणालयको स्थापना गरिने ।

प्राथमिक विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट पु¥याउने । सार्वजनिक स्थलमा निशुल्क इन्टरनेट दिने ।

सुरक्षा निकायलाई आधुनिक प्रविधिले सुसज्जित पार्ने ।

राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढाइने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>