समाचारसोमबार, बैशाख २७, २०७३

विमानस्थल र वैदेशिक रोजगार विभागमा प्रहरी छापा

हिमालखबर

प्रहरीको महानगरीय अपराध महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वैदेशिक रोजगार विभाग ताहाचलमा छापा मारेको छ ।

छापा मार्नेक्रममा विमानस्थलबाट विदेश जान लागेका दुई महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि विदेश नगएका उनीहरुलाई पुनː श्रम स्वीकृतिको (रिइन्ट्री) कागजातका आधारमा विदेश जान लागेको अवस्थामा पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।

हिमालय रेडपान्डा ट्राभलको माध्यमबाट उनीहरु विदेश जान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि प्रहरीले गौशालास्थित हिमालय रेन्डपान्डा ट्राभल, किङ अकबर टुर एन्ड ट्राभल र सिटी टुर एन्ड ट्राभलमा पनि छापा मारेको छ ।

नक्कली पुनː श्रम स्वीकृति, नक्कली मागपत्र, नक्कली प्रवेशाज्ञालगायतका काम भइरहेको सूचनाका आधारमा छापा मारिएको महाशाखाका प्रमुख खनालले बताए ।

यस्तै प्रहरीले ताहाचलस्थित वैदेशिक रोजगार विभागको पुनः श्रम स्वीकृति शाखाको केही कागजात र कम्प्युटरसमेत नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>