थप समाचारसोमबार, बैशाख २७, २०७३

आज सूर्य र पृथ्वीको बीचमा बुध

हिमालखबर

 

_aliens_hand_before_sunआज सूर्य र पृथ्वीको बीचमा बुध ग्रह आउँदैछ । यो खगोलीय घटना करिब १० वर्षपछि हुन लागेको हो ।

यो घटनाबारे ९ महत्वपूर्ण कुरा
१– सूर्यबाट सबैभन्दा नजिक रहेको ग्रह बुध, सूर्य र पृथ्वीको ठिक बीचमा आउँदैछ । त्यसबेला बुध सूर्यको माथिमाथि जाँदै गरेको देखिने छ ।

२. यस्तो घटना बुध र शुक्र ग्रहमा मात्रै लागू हुनसक्छ, किनभने अरु सबै ग्रह पृथ्वीभन्दा धेरै टाढा छन् र पृथ्वी र सूर्यको बीचमा आउँदैनन् ।

३ बुधको यस्तो पारगमन एक सयवर्षको अवधिमा करिब १३ देखि १४ पटकसम्म हुनसक्छ । तर, यो पृथ्वीको कुनैभागबाट देखिन र अर्कोभागबाट नदेखिन सक्छ ।

४ दुरबिन विना यो घटना देख्न सकिंदैन । दुरबीनले हेर्दा पनि सोझै सूर्यमा नहेर्न वैज्ञानिकहरुको सल्लाह छ । सोझै हेर्दा सूर्यको प्रकाशले आँखाको रेटिनामा असर पर्छ ।

५ दुरबीनबाट सूर्यको छाया सेतो कागजमा पारेर हेर्नु उत्तम हुन्छ ।

६. नेपालमा अपराह्न ४ः५५ बजेदेखि यो देखिन शुरु हुने छ । बुध सूर्य र पृथ्वीका बीचमा करिब साढे सात घण्टा रहे पनि सूर्यास्तपछि यो देखिने छैन । यसको अन्त्य अफ्रिकाबाट देखिनेछ ।

७ सूर्यमाथि सानो कालो बिन्दू विस्तारै हिंडदै गरेको जस्तो देखिने छ । प्रत्येक पाँच मिनेटमा यसको स्थिति परिवर्तन भएको देखिनेछ ।

८. आज सूर्य अस्ताउँदै गर्दा पहिले सेतो जस्तो, त्यसपछि केही पहेंलो र फेरि रातो देखिने छ ।

९. कुनै पनि खगोलीय घटनाको मानिसको जीवनमा कुनै असर हुँदैन । यसलाई हेर्दा भने सावधानी अपनाउनु पर्छ ।
बीबीसीबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>