समाचारसोमबार, बैशाख २७, २०७३
कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवमा पौडेल
नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवमा कृष्ण पौडेल नियुक्त भएका छन् ।
मुख्य सचिव ऋषिकेश तिवारीले नव निर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्न भन्दै गत शुक्रबार पदबाट राजीनामा गरेका थिए । तिवारी तत्कालीन सभापति स्व सुशील कोइरालाका पालामा मुख्य सचिवमा नियुक्त भएका थिए ।
सभापति देउवाले आज तिवारीको राजीनामा स्वीकृत गरी पौडेललाई मुख्य सचिवमा नियुक्त गरेको पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।
स्याङ्जा गृह जिल्ला भएका पौडेल नेपाल शिक्षक सङ्घ काठमाडौँको सभापति रहिसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
