रमझमसोमबार, बैशाख २७, २०७३

दीक्षाको दम

हिमालखबर

dikshyaवाद्यवादक बुवा विजयकुमार थापासँग सानैमा गितार र हार्मोनियम सिकेकी दीक्षा थापा (२१) संगीतमा नै करियर बनाउन चाहन्थिन्।

तर, श्रोतामाझ कसरी प्रस्तुत हुने भन्ने हेक्का थिएन। त्यहीवेला उनीसामु ‘पेप्सी भोइस अफ नेपाल’ मा भाग लिने अवसर आयो। प्रतियोगितामा आफ्नै शब्द–संगीतमा थापाले गाएको ‘तिम्रो मेरो’ बोलको गीतले उनको क्षमता प्रमाणित गरेको थियो।

“पेप्सी भ्वाइस अफ नेपाल जितेपछि केही गर्न सक्छु भन्ने विश्वास पलायो”, प्रेसिडेन्सियल बिजनेस स्कूलमा बीबीए चौथो वर्षमा अध्ययनरत थापा भन्छिन्।

प्रतियोगिता जिते पनि दीक्षाबारे खासै चर्चा भएन। जब उनले यूट्यूबमा जेसन एम–राजको गीत ‘आई एम योर्स’ को कभर भर्सन अपलोड गरिन्, उनका प्रशंसक ह्वात्तै बढे। “त्यसपछि मैले कभर सङ बढी गाउन थालें”, उनी भन्छिन्, “अरुणा लामा, दीप श्रेष्ठदेखि रोहित जोन क्षेत्री र अरिजित सिंहका गीत पनि गाएँ।”

अरूका गीत गाएरै यूट्यूबमा मनग्गे भ्युज र सब्स्क्राइबर्स बटुल्ने कलाकारमध्येकी दीक्षा अब भने मौलिक गीत सार्वजनिक गर्ने सुरमा छिन्। “तीन वटा गीत रेकर्ड गरिसकें”, उनी भन्छिन्, “केही दिनमै यूट्यूबमा अपलोड गर्छु।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>