समाचारसोमबार, बैशाख २७, २०७३
जिप दुर्घटनामा पाँचको मृत्यु
म्याग्दीको निस्कोटमा आज दिउँसो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
दरबाङबाट निस्कोट जाँदै गरेको ग१ज ५१०६ नंको बोलेरो जिप निस्कोट–४ कोदालीवाङको भलाबिसौनाको भिरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाँच जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइतेलाई उपचारका लागि एम्बुलेन्समा राखेर बेनी ल्याउँदै गरिएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए ।
मृतक र घाइतेको पहिचान खुलेको छैन । घाइते हुनेमा तीन जना महिला र दुई जना पुरुष छन् । स्थानीय बासिन्दाले दुर्घटनाको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी टोली घटनास्थल पुगेर शव सङ्कलन तथा उद्धार गर्न शुरु गरेको छ ।
घटनास्थलको प्रकृति हेर्दा घुम्तीमा जिप घुमाउन नसकेर पछाडितिर करिब १०० मिटर तल खसेको घटनास्थलमा रहेका स्थानीय बासिन्दा घनबहादुर पुनले जानकारी दिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
