समाचारसोमबार, बैशाख २७, २०७३

छलफल नगरी नीति तथा कार्यक्रम ल्याईयोः वर्षमान पुन

हिमालखबर

barshamanएमाओवादी सचिव एवम पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले एमाओवादीसँग समेत छलफल नगरी हतारमा नीति तथा कार्यक्रम ल्याएको गुनासो गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित संसदमा रहेका दलहरुसँग न्यूनतम सहमति गरेर मात्रै नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा आफूहरुसँग समेत छलफल नगरी हतारमा ल्याएको भन्दै मंसीरमा स्थानीय निकायको निर्वाचन गर्ने कुरा समेत आफूलाई समेत जानकारी नरहेको बताए ।

“हाम्रो पार्टीका अध्यक्षसँग एकशब्द समेत छलफल नगरी मंसीरमा चुनाव गर्ने कुरा ल्याईएको छ । अहिलेको संविधानले गाविस चिन्दैन अनि केको निर्वाचन गर्ने ?” उनले भने, “यसरी सस्तो लोकप्रियताकोलागि नीति तथा कार्यक्रम ल्याउँदा पछि समस्या हुन्छ ।”

उनले सरकार आयुकै विषयमा प्रश्न उठिरहेको बेला दिर्घकालीन विषयहरु ल्याउनु उपयुक्त नभएको बताए ।

उनले सरकारको नीति तथा कार्यक्रम गठबन्धनको संस्कार र शैली अनुसार नआएकोले यसमा आफूहरुको आलोचनात्मक समर्थन रहने भन्दै बजेट ल्याउँदा सबैको सहमति र विश्वासमा ल्याउनुपर्ने सुझाव दिए ।

उनले नीति तथा कार्यक्रमको कार्यान्वयन हुने नहुने भन्नेमा समिक्षा गर्नु पर्ने आवश्यकता औल्याउँदै भूकम्प पीडितहरु त्रिपालमा बसिरहेको अवस्थामा प्रत्येक गाविसमा हेलिप्याड बनाउने कुरा खिसिटिउरी गर्ने विषय भएकोले यस्ता विषयले सरकारमाथिको विश्वासमा ह्रास ल्याउने तर्फसचेत गराए ।

सरकार परिवर्तनको विषयमा भएको भनिएको भद्र सहमतिको विषयमा राखिएको जिज्ञासामा उनले राजनीतिक तहमा भएका सहमतिलाई त्यसै रुपमा लिनु पर्ने भन्दै बजेट पारित गर्दा सम्म आफूहरु र्तमान सरकारकै समर्थनमा रहने स्पष्ट पारे ।

उनले भने, “केही राजनीतिक सहमति भएका छन । त्यसलाई राजनीतिक रुपमै राख्नु पर्छ । जुन दिनसम्म यो सरकार रहन्छ हामी यसको समर्थनमा रहन्छौ । अहिले नै सरकार परिवर्तनको कुरा गरेर अस्थिर बनाउनु हुँदैन । सहमतिको सरकार गठनकोलागि प्रयास गर्छौ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>