Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पनामा पेपर्समा सात नेपालीको नाम - Himalkhabar.com

थप समाचारमंगलबार, बैशाख २८, २०७३

पनामा पेपर्समा सात नेपालीको नाम

हिमालखबर

अन्तर्राष्ट्रिय खोज पत्रकार समूहले सार्वजनिक गरेको ‘पनामा पेपर्स’ अनुसन्धानको दोस्रो चरणको विवरणमा सातजना नेपालीको नाम मुछिएको छ ।

‘पनामा पेपर्स’ले सार्वजनिक गरेको ‘अफसोर’ कारोबार गर्ने नेपाली व्यक्ति/कम्पनीहरुको सूचिमा उपेन्द्र महतो, अरुणकुमार चौधरी, सुभांस कुमार चौधरी, करन कुमार चौधरी, शिला चौधरी, उमादेवी सिंहानिया, नवाङ् डोल्माको नाम छ । २७ वैशाख राति नया सूचि सहितको प्रतिवेदन सार्वजनिक भएको हो ।*

प्रारम्भिक प्रतिवेदन करिब एक महिना अघि सार्वजनिक गरेको आइसिआईजेले विश्वका धेरै सञ्चार माध्यमको संलग्नतामा यो प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ ।

ब्रिटिस भर्जिन आइल्यान्ड, साइप्रस, सिंगापुर जस्ता कर सम्बन्धी प्रावधान (सम्पत्तिको स्रोत खुलाउनु नपर्ने, कर छुट) खुकुलो भएका देशमा कम्पनी खोली त्यहींबाट कारोबारमा सहयोग गर्ने पनामामा दर्ता भएको ‘ल फर्म’ ‘मोस्साक फोन्सेका’ बाट ‘लिक’ भएका दस्तावेजलाई पनामा पेपर्स भनिएको हो।

यी देशमा कम्पनी खोलेर आफूले चाहेको देशमा रकम सार्न सजिलो भएकाले यस्ता देशमा कम्पनी खोल्ने गरिन्छ ।

यस्ता देशहरुमा खोलिएका कम्पनी र ती मार्फत भएका लगानी गैरकानूनी नै हुन्छन् भन्ने हुँदैन । तर, आइसीआइजेले पनामा पेपर्स लिकमा समावेश भएका अधिकांशले कानूनी मापदण्डहरु पूरा नगरेको जनाएको छ ।

*सच्याइएको

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>