समाचारमंगलबार, बैशाख २८, २०७३

‘म्यादी सरकारकाे महत्वका‌ंक्षी नीति तथा कार्यक्रम’

हिमालखबर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालले म्यादी सरकारले ल्याएको म्यादी नीति तथा कार्यक्रम महत्वकांक्षी भएको बताएका छन् ।

आज, २८ वैशाखबाट शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा देउवाले भने, “मन्त्रीहरुले नै भनिरहेका बेला मैले म्यादी सरकार भन्नै परेन । यस्तो सरकारले महत्वकांक्षी कार्यक्रम ल्याएको छ ।”

उनले एक प्रतिशत भन्दा कम आन्तरिक राजश्व संकलन र त्यो भन्दा कम प्रतिशतको आर्थिक बृद्धिदर रहेको बेला आएको कार्यक्रमहरु महत्वकांक्षी भएको बताए । सभापति देउवाले भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न दाताहरुले सहयोग गर्न तयार भएपनि त्यसका लागि विश्वासिलो आधार सरकारले तय गर्न नसकेको बताए ।

उनले बिना सहमति नीति तथा कार्यक्रम पारित हुन नसक्ने बताए । देउवाले भने, “सहमतीय राजनीतिका लागि न्याय र कुटनीतिक क्षेत्रको भागबन्डाको राजनीतिले असर गरेको छ ।” सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि दलीय आधारमा बक्ताहरुले समय पाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>