समाचारमंगलबार, बैशाख २८, २०७३

सरकार वार्ताका नाममा नौटंकी गर्दैछः उपेन्द्र यादव

हिमालखबर

तस्वीर: सुरेश बिडारी

तस्वीर: सुरेश बिडारी

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले वार्ताको नाममा नौटंकी मात्रै गरेको आरोप लगाएका छन् ।

वीरगञ्जमा २८ बैशाखमा पत्रकारहरुसँग कुरा गर्दै यादवले उनले वर्तमान सरकार समस्या समाधानमा फेल भईसकेको आरोप लगाउँदै वार्तामा बस्नुको औचित्य नरहेको बताए ।

“३६ पटक वार्ता गर्दा समेत कुनै निचोडमा नपुगेको सरकारले फेरि नौटंकी शुरु गरेको छ,” उनले भने, “हामीले सरकारसँग वार्तामा बस्नुको औचित्य देखेका छैनौं ।”

अध्यक्ष यादवले मोर्चाले उठाएको मागलाई बेवास्ता गरे सरकारले आउँदा दिनमा ठूलो क्षति व्यहोर्नु पर्ने चेतावनी समेत दिए ।

मधेश आन्दोलनको स्वरुप परिर्वतन भइसक्दा समेत आम नागरिकले सहज रुपमा ग्याँस र पेट्रोल नपाउनुले वर्तमान सरकारले कालो बाजारीलाई प्रश्रय दिइरहेको पुष्टी हुने उनको तर्क छ ।

गठबन्धन वा मोर्चामा कुनै विवाद नरहेको भन्दै उनले १ जेठबाट निर्णायक आन्दोलन गर्ने दाबी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>