समाचारमंगलबार, बैशाख २८, २०७३

वैद्यसँग वार्ता गर्न भन्दै थापा पक्षको बैठक स्थगित

हिमालखबर

नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा पक्षले बोलाएको बैठक पार्टी अध्यक्ष मोहन वैद्यसँग वार्ता गर्न भन्दै स्थगित गरिएको छ ।

प्रवक्ता रहेकी पम्फा भुसालका अनुसार वैद्यसँग माओवादीहरुको एकता प्रक्रियाबारे छलफल गर्न बैठक स्थगित गरिएको हो । “उहाँसँग आजभोलि नै वार्ता हुन्छ”, प्रवक्ता भूसालले भनिन् ।

महासचिव थापाले छुट्टै भेला राखेपछि अध्यक्ष वैद्यले आगामी १ जेठका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । थापा भने वैद्यसँग अन्तिम चरणको छलफल गर्ने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>