समाचारबुधबार, बैशाख २९, २०७३
सीपी मैनाली पुनः महासचिवमा निर्वाचित
नेकपा मालेको सातौं राष्ट्रिय महाधिवेशनबाट सीपी मैनाली पुनः महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् ।
२५ वैशाखदेखि काठमाडौंमा शुरु भएको महाधिवेशनले मैनालीलाई महासचिवमा निर्वाचित गरेको हो ।
महाधिवेशनले मैनालीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ । त्यसमध्ये ५४ महाधिवेशनबाट चयन गरेको हो भने बाँकी २१ जना प्रदेशबाट मनोनित गर्ने नवनिर्वाचित केन्द्रीय सदस्य शङ्कर पोखरेलले बताए ।
पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकले स्थायी, सचिवालय र पोलिटब्युरो गठन गर्नेसमेत उनले बताए ।
स्थायी कमिटी तीन जना, सचिवालय पाँच र पोलिटब्यूरो २५ जना रहने व्यवस्था छ । महाधिवेशनमा ४९५ प्रतिनिधि सहभागी भएका थिए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
