अर्थ/बजारबुधबार, बैशाख २९, २०७३

कार्ल्सबर्गले छान्यो युरोकप हेर्न जाने भाग्यमानी

हिमालखबर

कार्ल्सबर्गले छान्यो युरोकप हेर्न जाने भाग्यमानी
कार्ल्सबर्गले सञ्चालन गरेको ‘लाइभ ईट लाइभ’ अभियान अन्तर्गत ११ विजेताहरुको घोषणा गरिएको छ । टीम नेपालका कप्तान बिराज महर्जन, प्रशिक्षक राजुकाजी शाक्य र सन् २०१५ की मिस नेपाल इभाना मानन्धरले २८ बैशाखमा एक जना भाग्यशाली उपभोक्ता र १० भाग्यशाली टे«ड पार्टनरहरुको घोषणा गरेका हुन ।

तुसालका निशान तामाङ भाग्यशाली उपभोक्ता घोषित भए । तामाङले १७ जुनमा फ्रान्समा हुने इटाली र स्वीडेनबीचको खेल प्रत्यक्ष हेर्न पाउने छन् । उनले उक्त खेलको म्यान अफ द म्याच अवार्ड प्रदान गर्ने अवसर समेत प्राप्त गर्ने कार्ल्सबर्गले जनाएको छ । भाग्यशाली विजेताले आफूसँगै एक जना साथीलाई पनि खेल हेर्न फ्रान्स लैजान पाउने छन् ।

यस्तै भाग्यशाली ट्रेड पार्टनरहरुमा डिलक्स स्टोर, अमृत स्टोर, गोल्डेन आइ इन्टरप्राइजेज, क्वाइन्स लिकर, फेसेस, सोसाइटी लिकर, क्लासिक बर्बन, रेजिना किराना स्टोर्स, आरडि ट्रेडर्स र कृष्ण स्टोर्स छनौट भएका छन् । विजेता टे«ड पाटनरहरुले २२ जुनमा हुने आइसल्याड र अस्ट्रियाबीचको प्रत्यक्ष हेर्ने अवसर पाउने छन् । दश टेड्र पार्टनरहरु मध्ये एक भाग्यशाली विजेताले उक्त खेलको म्यानअफ द म्याच अवार्ड प्रदानगर्ने अवसर प्राप्त गर्नेछन् ।

मार्चबाट शुरु भएको दुई महिना लामो अभियान देशभरीका करिब तीन हजार आउटलेटहरुमा लागु गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...