समाचारबुधबार, बैशाख २९, २०७३

पूर्व माओवादीहरुबीच एकता गर्ने एमाओवादी निर्णय

हिमालखबर

विभिन्न समयमा विभाजित भएका माओवादीहरुबीच एकता गर्ने एमाओवादीले निर्णय गरेको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले नेकपा क्रान्तिकारी ९माओवादी०लगायत पार्टीसँग एकताको निर्णय गरेको हो ।

एकताका लागि दुबै पार्टीबीच चलिरहेको छलफलका आधारमा एमाओवादीले यस्तो निर्णय गरेको हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा महासचिव रामबहादुर थापा नेतृत्वको समूह तत्काल एकताका लागि तयार देखिएको छ भने वैद्य समूहले निर्णयमा पुगिसकेको छैन ।

एमाओवादीका महासचिव कृष्णबहादुर महराले उक्त पार्टीसँग एकताका लागि राजनीतिक, वैचारिक र साङ्गठनिक विषयमा निर्णय गर्न आगामी १ जेठमा आफ्नो पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरिको बताए ।

एमाओवादीबाट अलग भएका वैद्य, नेत्रविक्रम चन्द, मणि थापा, मात्रृका यादव नेतृत्वमा हाल अलग अलग पार्टी छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>