थप समाचारबुधबार, बैशाख २९, २०७३

पढाई बन्द गरेर विद्यालयमा राजनीतिक सभा

हिमालखबर

तस्वीर सौजन्य: अजय शाह

तस्वीर सौजन्य: अजय शाह

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहभागी राजनीतिक सभा एक विद्यालयको पढाई ठप्प पारेर विद्यालयमै गरिएको छ ।

महोत्तरीको वर्दिबासस्थित देउराली उच्च माविमा एमाओवादी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम २७ वैशाखमा गरिएको हो ।

सभामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, बहालवाला शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, कृषि मन्त्री हरिबोल गजुरेल र सिँचाइमन्त्री उमेश यादवले सम्बोधन गरेका थिए ।

कार्यक्रममा सहभागी नेताहरूले किसानको अधिकारको कुरा गरिरहँदा उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरू भने पढ्न पाउने अधिकारबाट बञ्चित गराइएका थिए ।

school_politics1विद्यालयमा कार्यक्रमको तयारी २६ वैशाखदेखि नै गरिंदा पढाइ दुई दिन प्रभावित भएको थियो ।

विद्यालयमा पढाइ नभए पनि कार्यक्रममा भीड देखाउन विद्यार्थीहरुलाई उपस्थित गराइएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>