समाचारबुधबार, बैशाख २९, २०७३
मधेशकेन्द्रित दलद्वारा संसद बैठक बहिस्कार
आफ्ना माग सम्बोधन गर्ने तर्फ सरकारले कुनै चासो नदेखाएको भन्दै मधेशकेन्द्रित दलका सांसदले आज पनि व्यवस्थापिका–संसद्को बैठक बहिस्कार गरेका छन् ।
सदनको कारबाही शुरु हुने वित्तिकै सांसद डिम्पलकुमारी झाले संविधान निर्माणको विषयमा असन्तुस्टि राख्दै लामो समयदेखि तराई–मधेशमा आन्दोलन भए पनि सुनुवाई नभएकाले आफूहरुसँग विरोध गर्नुको विकल्प नभएको बताइन् ।
उनले मधेशकेन्द्रित दलले उठाएको माग तत्काल पूरा गर्न आग्रह गरेकी थिइन् ।
यसरी सदनको बैठक बहिस्कार गर्नेमा सङ्घीय समाजवादी फोरम, तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई–मधेश सद्भावना पार्टीलगायत दल सम्वद्ध सांसद थिए ।
तीन विधेयक पेश
व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पच्चीसौँ वार्षिक प्रतिवेदन २०७१/७२’, कानून न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७१/७२’ पेश गरे ।
यस्तै सामान्य प्रशासनमन्त्री रेखा शर्माको तर्फबाट मन्त्री खरेलले नै ‘लोकसेवा आयोगको ५५ औँ वार्षिक प्रतिवेदन २०७१/०७२ ’ पनि आजै सदनमा पेश गरेकी छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
