समाचारबुधबार, बैशाख २९, २०७३

हामी वार्ताको पक्षमा छैनौं, आन्दोलनमा जान्छौं: उपेन्द्र यादव

हिमालखबर

upendra yadavसङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज, २९ वैशाख बिहान पत्रकारसँग कुराकानी गर्दै यादवले ३६ पटक वार्ता भए पनि सरकार एक कदम पनि अगाडि नबढेको आरोप लगाउँदै अब वार्तामा नबस्ने र आन्दोलनलाई निरन्तरता दिने बताए ।

आन्दोलनको स्वरुप परिवर्तन गरिएको उल्लेख गर्दै उनले २ जेठदेखि सिहदरबार घेराउ गर्ने, यदि सरकारले दमन गरे आफूहरु प्रतिकार उत्रने बताए ।

सङ्घीयताको टुङ्गो नलगाई स्थानीय निकायको निर्वाचन गराउँदा सङ्घीयता नै समाप्त हुने दाबी गर्दै उनले भने, “स्थानीय निकायको पुनःसंरचना हुनुपर्ने, संविधानको पुनःलेखन र स्थानीय निकायको निर्वाचन गराउने अधिकार प्रादेशिक सरकारको हो, केन्द्रीय सरकारले गर्न मिल्दैन् ।”

उनले सङ्घीय गठबन्धन सरकार बनाउने खेलमा नरहेको जानकारी गराउँदै मधेशी, आदिवासी जनजाति, महिला, दलितलगायतको अधिकारका लागि सङ्घर्षमा लाग्ने बताए ।
गठबन्धनमा मधेशी मोर्चासहित अन्य साना दलहरु सहभागी छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>