Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा, चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्रीलाई निम्तो - Himalkhabar.com

थप समाचारबुधबार, बैशाख २९, २०७३

वौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा, चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्रीलाई निम्तो

हिमालखबर

lumbiniसरकारले वौद्ध सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतलाई निमन्त्रणा गरेको छ ।

त्यसैगरी दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन हाई, संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुन, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमेसिङ्घे, भारतको विहारका मुख्यमन्त्री नितीश कुमार, उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव, पश्चिम बङ्गालको मुख्यमन्त्री ममता बनर्जी, त्रिपुराका मुख्यमन्त्री मानिक सरकार, सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई निमन्त्रणा गरिएको छ ।

साथै १३ देशका संस्कृति, तथा धार्मिक मामिला मन्त्रीलाई सम्मेलनमा भाग लिन निमन्त्रणा गरिएको छ ।
श्रीलङ्का, म्यान्मार, थाइल्यान्ड, भारत, चीन, भियतनाम, कम्बोडिया, जापान, भुटान, दक्षिण कोरिया, लाओस, मङ्गोलिया र इजरायलका सम्बन्धित मन्त्रीलाई पनि निम्तो पठाइएको छ ।

त्यस्तै, बौद्ध धर्मसम्बन्धी २३ देशका सङ्घसंस्था सम्मेलनमा सहभागी हुँदै छन् ।

जेठ ६ र ७ गते हुने सम्मेलनका लागि हालसम्म २१ देशका ९२ सरकारीस्तरका र अन्य प्रतिनिधिको सहभागिता हुने तय भइसकेको सम्मेलन मूल आयोजक समारोह समितिका सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले जानकारी दिए ।

यस वर्षको बुद्धजयन्तीका अवसरमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पनि श्रेष्ठले जानकारी दिए ।

यसअघि बुद्धजयन्तीका अवसरमा विभिन्न सम्मेलनको आयोजना गरेको भए पनि मुलुकको कार्यकारी प्रमुखको अध्यक्षतामा बौद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिनिधि र ख्यातिप्राप्त व्यक्ति नेपालमा बोलाएर ऐतिहासिक सम्मेलन गर्न लागेको यो पहिलो हो ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बुद्धधर्म र बुद्ध दर्शनसम्बन्धी नेपाली प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताका १८ र विदेशी छ वटा गरी २४ कार्यपत्र प्रस्तुत हुनेछ ।

आगामी जेठ ८ गते २५६० औँ बुद्धजयन्ती सम्मेलनका लागि देश विदेशबाट आएका विशिष्ठ व्यक्ति र प्राज्ञको उपस्थितिमा धुमधामका साथ मनाउने तय भएको छ ।

सम्मेलनका लागि “लुम्बिनी, नेपालः भगवान् बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गम भूमि” भन्ने नारा तय गरिएको छ ।

मन्त्रिपरिषद्को गत २० माघको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन भएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>